समाचारबुधबार, आषाढ २२, २०७३

महामन्त्री कोइरालालाई थप उपचारका लागि भारत लैजान एअर एम्बुलेन्स बाेलाइयाे

हिमालखबर

तस्वीर: यूपी लामिछानेको फेसबुकबाट

तस्वीर: यूपी लामिछानेको फेसबुकबाट

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई निमोनिया देखिएपछि थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।

२२ असार साँझ एक्सासी वान्ता भएपछि चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार नदेखिएपछि आईसीयुमा राखेर उपचार भइरहेको छ । कांग्रेस नेता दिलेन्द्र बडूका अनुसार उनलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ ।

उनले भने, “एअर एम्बुलेन्स बोलाइएको छ, आउन समय लाग्ने देखिएको छ ।” महामन्त्री कोइरालालाई अस्पतालकै सुझाव अनुसार एपोलो अस्पताल लैजाने तयारी भएको छ । बडूले भने, “जून राम्रो हो, त्यसैमा लैजानु भनेका छौं । अस्पतालले एपोलो नै ठीक हुन्छ भनेको छ ।”

महामन्त्री कोइरालालाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवासहित बरिष्ठ नेता तथा कार्यकर्ताहरु चाबहिल पुगेका छन् ।

थप समाचार
कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना
कोइरालाको स्वास्थ्य गम्भीर तर स्थीरः अस्पताल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>