Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पूर्वसभासद् सदरुलको हत्या आरोपमा पत्नी र छोरीलाई जन्मकैद - Himalkhabar.com

थप समाचारबुधबार, आषाढ २२, २०७३

पूर्वसभासद् सदरुलको हत्या आरोपमा पत्नी र छोरीलाई जन्मकैद

हिमालखबर

विघटित संविधानसभा सदस्य मोहम्मद सदरुल मियाँ हकको हत्या आरोपमा उनकी पत्नी नुरजहाँ खातुन र छोरी रुबेदा खातुनलाई जिल्ला अदालत राजविराजले जन्मकैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको एकल इजलासले ५२ वर्षीया नुरजहाँ र २१ वर्षीया रुबेदालाई जन्मकैदको फैसला गरेको हो । साथै, मुख्य आरोपित चतरी–६, सिरहाका ४० वर्षीय अब्दुल रउफलाई समेत सर्वस्वसहित जन्मकैद गरेको अदालतले जनाएको छ ।

सप्तरीको कल्याणपुर–२, का ५५ वर्षीय हकको हत्या योजनाकार छोरी रुबेदा र रउफलाई २३ जेठ २०७० मा तथा नुरजहाँलाई २४ जेठ २०७० मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोलीले पक्राउ गरेको थियो ।

हत्याका मुख्य योजनाकार र संलग्न रुबेदाका प्रेमी भारतीय नागरिक भई लहान नपा–५ मा बसी झारफुकको काम गर्ने ३९ वर्षीय जमिरुल शेख र सिरहा चतरी गाविस–२ का ३४ वर्षीय एनुल शेख भने फरार रहेको प्रहरीले जनाएको छ ।

रुबेदा र जमिरको प्रेमसम्बन्धमा आमा नुरजहाँको सहमति रहेपनि पूर्व सभासद् एवम् रुबेदाका बुबा हकको असहमतिमा २०६९ फागुनमा रौतहटमा गई विवाह गरेको र उक्त विवाहलाई हकले अस्वीकार गर्दै आएकाले प्रेममा बाधक बनेको भन्दै हककी पत्नी नुरजहाँ, छोरी रुबेदा र छोरीका प्रेमी जमिरुलकै योजनामा हत्या भएको थियो ।

उनीहरुले ६ जेठ २०७० मा राति पूर्व सभासद् हक सुतेको कल्यानपुर–२ स्थित हुमा आयल ट्रेडर्स पेट्रोल पम्पमा धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>