समाचारबुधबार, आषाढ २२, २०७३

कोइरालालाई ‘सेप्टिक शक’, ‘मल्टि अर्गान डिस्फङ्सन’

हिमालखबर

कांग्रेस महामन्त्री शशांक कोइरालालाई ‘एस्पिरेसन न्युमोनिया’ ले गर्दा सेप्टिक शक (संक्रमण शरीरभर फैलने) र मल्टी अर्गान डिस्फङ्सन (धेरै अंगहरुमा समस्या) भएको अस्पतालले जनाएको छ ।

सेप्टिक शकले गर्दा विभिन्न अंगमा रक्तसञ्चारमा अवरोध हुन पुगी ती अंगहरु खराब हुनसक्ने सम्भावना रहन्छ ।

अस्पतालले जारी गरेको पछिल्लो विज्ञप्तिमा प्रयोगशाला रिपोर्ट अनुसार उनको कलेजो र मिर्गौलामा खराबी आएको उल्लेख छ । उनको छातीमा संक्रमण भएको र चेष्ट ट्यूब समेत राखिएको छ ।

हाल कोइरालाको अवस्था चिन्ताजनक रहेको र उनलाई ‘एडभान्स लाइफ सपोर्ट’ मा राखिएको अस्पतालले जनाएको छ ।

उनलाई मेकानिकल भेन्टिलेटरमार्फत कृत्रिम श्वासप्रश्वास दिइएको, भेसोप्रेसर र इन्ट्रोपिक सपोर्टमा राखिएको छ ।

उनको रक्तचाप १००/५०, मुटुको चाल प्रतिमिनेट ८० रहेको पनि बताइएको छ ।

कोइराला हिजो राति सास फेर्न गाह्रो र पेटमा समेत समस्या भएपछि काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा भर्ना भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>