Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मेस्सीलाई २१ महीना जेल सजाय - Himalkhabar.com

खेलकुदबुधबार, आषाढ २२, २०७३

मेस्सीलाई २१ महीना जेल सजाय

हिमालखबर

अर्जेन्टिनाका फुटबल खेलाडी लियोनेल मेस्सीलाई स्पेनको अदालतले २१ महीना जेल सजाय तोकेको छ ।

स्पेनी क्लब बार्सिलोनका लागि समेत खेल्ने मेस्सीले कर छली गरेको आरोपमा स्पेनको अदालतले उनलाई जेल सजाय तोकेको हो ।

मेस्सीसँगै उनका बुवा जर्ज मेस्सीलाई पनि अदालतले जेल सजाय सुनाएको छ । मेस्सी बाबु–छोरामाथि सन् २००७ देखि २००९ का बीचमा स्पेनलाई ४.५ मिलियन डलर कर छली गरेको आरोप लागेको थियो ।

इमेज राइट्समार्फत आर्जन गरेको रकम उरुग्वे र बेलिज जस्ता ट्याक्स हेभन देशहरुका अफशोर कम्पनीमार्फत लगानी गरेको पनि उनीहरुलाई आरोप लागेको छ ।

सुनुवाईका क्रममा मेस्सीले भने आफ्नो आर्थिक कारोबारको बारेमा आफूलाई केही थाहा नभएको र आफूले फुटबल खेल्ने काम मात्रै गरेको बताएका थिए ।

स्पेनी कानून अनुसार अापराधिक गतिविधिको पृष्ठभूमि नभएका व्यक्तिलाई दुई वर्ष सम्मको जेल सजाय सुनाइए पनि त्यस्ता व्यक्तिले जेल बस्नु नपर्ने तर, अधिकारीहरुको निगरानीमा रहनुपर्ने बेलाबेला उपस्थित हुनु पर्ने व्यवस्था रहेको स्पेनी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

त्यसैगरी अदालतको निर्णयमाथि पुनरावेदनका लागि स्पेनको सर्वोच्च अदालतमा निवेदन दिन सकिने व्यवस्था समेत छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>