Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
लमजुङः पहिरोले लघुजलविद्युत पुर्‍यो - Himalkhabar.com

थप समाचारबुधबार, आषाढ २२, २०७३

लमजुङः पहिरोले लघुजलविद्युत पुर्‍यो

हिमालखबर

lamjung pahiro maicro haidro banda 10अविरल वर्षासँगै आएको पहिरोले पुरेर लमजुङको बाँझाखेतस्थित २० किलोवाट क्षमताको लघुजलविद्युत आयोजना अबरुद्ध भएको छ ।

पहिरोले पावरहाउसमा क्षति पुर्‍याएपछि साँधखोला लघुजलविद्युत आयोजनाबाट विद्युत उत्पादन हुन सकेको छैन ।

५० मिटर माथिबाट खसेको पहिरोले पावरहाउसका इन्जिनहरु विग्रिएका छन् । विद्युत उत्पादन हुन नसक्दा बाँझाखेत गाविस वडा नं. ४ र ५ का १ सय ९० घरधुरी अँध्यारोमा बस्न बाध्य भएका छन् ।

स्थानीय सोम तामाङका अनुसार पहिरो निरन्तर झरिरहेको छ ।

स्थानीयले पावरहाउस भित्रको पहिरो पन्छाएका छन । तर, पहिरो नरोकिएकाले पावरहाउसमा अपरेटर बस्न नसकेको तामाङले बताए ।

विद्युत गृह नै भत्काएकाले समस्या परेको स्थानीयको भनाई छ ।

पहिरोले साँधखोलास्थित फड्के बगाएपछि साँधु र खाँचेको आवागमन ठप्प भएको छ ।

बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र दमौलीको रु २५ लाख सहयोगमा स्थानीयले २०६७ सालमा उक्त आयोजना बनाएका हुन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>