Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बेचबिखन विरुद्धकी 'हिरो' - Himalkhabar.com

रमझमबिहीबार, आषाढ २३, २०७३

बेचबिखन विरुद्धकी ‘हिरो’

तुफान न्यौपाने

SP Kiran Bajrachyra११ साउन २०७२ मा अमेरिकी विदेशमन्त्री जोन केरीले सार्वजनिक गरेको ‘ट्राफिकिङ इन पर्सन (टीआईपी)–२०१५’ प्रतिवेदनले नेपाललाई मानव बेचबिखनका लागि ‘स्रोत, ट्रान्जिट तथा गन्तव्य मुलुक’ चित्रण गर्दै नेपाली महिला तथा बालबालिकालाई भारतलगायतका एशियाली मुलुक र अफ्रिकादेखि अमेरिकासम्म पुर्‍याउने गरिएको उल्लेख गरेको थियो।

अमेरिकी विदेश मन्त्रालयले हरेक वर्ष विश्वव्यापी आँकडासहितको यस्तो प्रतिवेदन सार्वजनिक गर्दै विश्वभरबाट छनोटमा परेका मानव बेचबिखनविरुद्ध क्रियाशील व्यक्तिमध्येबाट ‘टीआईपी रिपोर्ट हिरो’ घोषणा समेत गर्छ।

१६ असारमा सार्वजनिक विश्वभरका १० जना ‘टीआईपी रिपोर्ट हिरो’ को सूचीमा नेपालबाट प्रहरी उपरीक्षक किरण बज्राचार्य परेकी छन्।

हाल महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख रहेकी बज्राचार्यले करीब दुईवर्ष नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत रहँदा मानव बेचबिखनबारे उत्कृष्ट अनुसन्धान र सीमान्तकृत समुदायलाई शिक्षा दिने काम गरेको भन्दै यो अवार्ड दिइएको हो।

२०५२ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवा प्रवेश गरेकी बज्राचार्यले नेपाली महिलालाई विवाहको प्रपञ्च गरी चीन र दक्षिण कोरिया पुर्‍याउने गिरोह तथा बाध्यात्मक श्रम र यौनव्यापारका लागि पुरुषलाई समेत बेचबिखन गर्ने ‘धन्दा’ उजागर गरेकी थिइन्।

महिला र बालबालिकासम्बन्धी तालीमको ‘म्यानुअल’ विकास र तालीम सञ्चालनमा समेत संलग्न उनी संगठित अपराध अनुसन्धानमा दक्खल राख्छिन्।

“नेपाल प्रहरीले संगठित अपराधमा प्रभावकारी अनुसन्धान गर्न सक्छ भन्ने सन्देश विश्वभर पुगेको छ” अवार्ड पाएपछि उनले अमेरिकाबाट टेलिफोनमा हिमाल सँग भनिन्, “यसले अनुसन्धान थप प्रभावकारी बनाउने चुनौती बढाएको छ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>