समाचारबिहीबार, आषाढ २३, २०७३
कोइरालाको स्वास्थ्यमा सुधार
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा सुधार देखिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार कोइरालाले मान्छे चिन्न थालेका छन् । स्वास्थ्यमा सुधार देखिएपछि औषधिको मात्रा समेत घटाइएको छ ।
तर, खतरामुक्त भने अझै भइनसकेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । २१ असार बेलुकादेखि अस्पताल भर्ना भएका कोइरालालाई ‘एस्पिरेसन न्युमोनिया’ ले गर्दा सेप्टिक शक (संक्रमण शरीरभर फैलने) र मल्टी अर्गान डिस्फङ्सन (धेरै अंगहरुमा समस्या) भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>