समाचारबिहीबार, आषाढ २३, २०७३

प्रधानन्यायाधीश र प्रमुख आयुक्तको सुनुवाईको मिति तोकियो

हिमालखबर

Sushila-Karkiसंसदीय सुनुवाइ विशेष समितिले प्रधानन्याधीश र प्रमुख निर्वाचन आयुक्तको सुनुवाई गर्ने मिति तोकेको छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्तमा सिफारिस भएका अयोधिप्रसाद यादव (हाल कामु प्रमुख आयुक्त) को २४ असारमा संसदीय सुनुवाइ गर्ने भएको छ ।

समितिका सभापति कुलबहादुर गुरुङको सभापतित्वमा आज बसेको बैठकले भोलि बिहान बस्ने बैठकमा कार्यवाहक प्रमुख आयुक्त यादवलाई सुनुवाइका लागि उपस्थित गराउने निर्णय गरेको हो ।

कावा प्रमुख आयुक्त यादवको पुनःनियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा दायर रिट निवेदनको टुङ्गो नलागी संसदीय सुनुवाइ गर्न नहुने जिकिरका दुई उजुरी परेका थिए ।

समितिको बैठकले उजुरीकर्ताले आफ्नो उजुरीमा सम्पर्क नम्बर वा इमेल नदिएका कारण तत्काल उजुरीका बारेमा सोधपुछ गर्न सम्भव नभएकाले सिधै संसदीय सुनुवाइ गर्न लागेको बताइएको छ ।

कार्यवाहक प्रधानन्यायाधीश सुशीला कार्कीका हकमा २६ असार, आइतबार बस्ने बैठकमा उजुरीकर्तालाई आफ्नो उजुरी पुष्टि गर्न बोलाउने र सोही दिन उनको संसदीय सुनुवाइ गरिने निर्णय भएको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>