अर्थ/बजारबिहीबार, आषाढ २३, २०७३

एघार हजारमै माइक्रोम्याक्सको स्मार्टफोन

हिमालखबर

एघार हजारमै माइक्रोम्याक्सको स्मार्टफोन माइक्रोम्याक्सले ५ इन्चको एचडी डिस्प्लेसहितको क्यू–३४९ क्यानभास सेल्फी फोर स्मार्टफोन सार्वजनिक गरेको छ । यसमा एक जीबी र्याम तथा ८ जिबीको रोम र रियर तथा फ्रन्ट दुबै ८ मेगापिक्सेलको क्यामरा छ ।

१.३ गीगाहर्जको क्वाड कोर प्रोसेसरमा संचालन हुने क्यू–३४९ मा २,५०० एमएएचको ब्याट्री छ । एन्ड्रोयडको मार्शमाल्लो ६.० भर्सनको अपरेटिंग सिस्टममा आधारित यो स्मार्टफोनमा ड्यूल माइक्रो सिम प्रयोग हुन्छ । यसमा रहेकाे ८ जीबीको इन्टरनल रोमलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिने कम्पनीले जनाएको छ ।

यो स्मार्टफोनको बजार मूल्य रु. ११ हजार ११० छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...