खेलकुदशुक्रबार, आषाढ २४, २०७३
जर्मनी बाहिरियो, फाइनलमा फ्रान्स र पोर्चुगल
यूरोकप फुटबल २०१६ को दोस्रो सेमीफाइनलमा आयोजक फ्रान्सले विश्वच्याम्पियन जर्मनीलाई २–० ले हराएको छ ।
अब आइतबार राति पेरिसमा हुने फाइनलमा फ्रान्स र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । पोर्चुगलले सेमिफाइनलमा वेल्सलाई हराएर फाइनलमा पुगेको हो ।
वेलोड्रोम स्टेडियममा भएको म्याचमा फ्रान्सकातर्फबाट दुबै गोल स्ट्राइकर एन्टोनी ग्रिजम्यानले गरे ।
पहिलो गोल पहिलो हाफको अन्तिम क्षणमा भयो । जर्मनीका डिफेन्स खेलाडीको हातमा बल लागेर फ्रान्सले पाएको पेनाल्टीलाई ग्रिजम्यानले गोलमा परिणत गरे ।
दोस्रो गोल ७२ औं मिनेटमा गोलपोष्ट खाली भएको मौकाको फाइदा उठाउँदै ग्रिजम्यानले नै गरे ।
म्याचको अन्तमा रेफ्री निकोला रिजोलीले जसै खेल सकिएको सिटी फुके फ्रान्सेली टोली र उसका समर्थकहरुमा खुशीको लहर दौडियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>