समाचारशुक्रबार, आषाढ २४, २०७३
डा कोइरालाको स्वास्थ्यमा थप सुधार, जुस खाए
![sf]O/fnfsf] :jf:Yofj:yf ;'wf/f]Gd'v g]kfnL sfFu|];sf dxfdGqL 8f zzfªs sf]O/fnfsf] :jf:Yodf z'qmaf/ cem ;'wf/ x'Fb} uPsf] pkrf/df ;+nUg lrlsT;sn] atfpg'ePsf] 5 . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://www.himalkhabar.com/wp-content/uploads/2016/07/dr_koirala.jpg)
तस्वीर: रासस
नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आएपछि आज दिउँसो उनले जुस खाए ।
ओम अस्पतालका प्रबन्ध सञ्चालक हरिकृष्ण श्रेष्ठका अनुसार कोइरालाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले झोलिलो खानेकुरा दिन शुरु गरिएको हो । उपचारमा संलग्न चिकित्सकले उनको पछिल्लो स्वास्थ्य जाँचका प्रतिवेदन सामान्यतर्फ उन्मुख रहेको बताएका छन् ।
२२ असार बिहान एक्कासि स्वास्थ्य बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने स्वास्थ्यमा सुधार देखिएसँगै २२ २३ असारदेखि भेन्टिलेटरबाट सघन उपचार कक्ष (आइसियु) मा राखिएको छ ।
महामन्त्री कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै डा लव जोशीले उनलाई कुनै सङ्क्रमण नहोस् भनेर भेटघाटमा सर्तकता अपनाएको जानकारी दिए ।
२१ असार साँझ श्वासप्रश्वासमा केही समस्या देखिएपछि डा कोइराला ओम अस्पतालमा भर्ना भएका थिए । २२ असार बिहान वान्ता भएर त्यो सर्किएर फोक्सोमा पुगेपछि कोइरालाको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
