Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बाढीले ६० घर बगायो, अलपत्रको उद्धार - Himalkhabar.com

समाचारशुक्रबार, आषाढ २४, २०७३

बाढीले ६० घर बगायो, अलपत्रको उद्धार

हिमालखबर

भोटेकोसी नदीमा २१ असार राति आएको बाढीले सिन्धुपाल्चोकको तातोपानी गाविसमा बगाएका घरको संख्या ६० पुगेको छ ।

बाढीबाट विस्थापन भई कोदारीको चौकीडाँडामा आश्रय लिएर बसिरहेका करिब १०० मध्ये ५४ जनालाई नेपाली सेनाको हेलिकप्टरले आज अपराह्न बाह्रबिसे ल्याएको सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले जानकारी दिए ।

तातोपानी र लिपिङ बजारमा करिब डेढ सय घर अझै उच्च जोखिममा छन् । नदीको बहाव बजार क्षेत्रतर्फ बढिरहेको र निरन्तर कटान गरिरहेकाले यही अवस्था रहे सडक छेउका सबै घर एक सातासम्ममा बगाइसक्ने सम्भावना रहेको प्रहरी निरीक्षक भुसालले बताए ।

बाढीले तातोपानी गाविस लार्चास्थित सीमा प्रहरी कार्यालय समेत असुरक्षित रहेकाले प्रहरीहरु चौकीडाँडास्थित कोदारी मावि भवनमा आश्रय लिइरहेका छन् ।
त्यहाँ आश्रय लिइरहेकामध्ये ४०/५० सर्वसाधारण यसअघि नै सुरक्षित ठाउँमा गइसकेका छन् भने बाँकीलाई पनि उद्धार गरिने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र केसीले बताए ।

बाह्रबिसेबाट तातोपानी लगिएका ३२ विद्युत् खम्बा, तार तथा एउटा ट्रान्सफर्मर बगाएकाले तातोपानी, लिस्ती, फुल्पिङकट्टी, मार्मिङ, गातीलगायत गाविसमा विद्युत् तथा सञ्चार सम्पर्क विच्छेद भएको प्रजिअ गोकर्णमणि दुवाडीले बताए ।

बाढीले विभिन्न स्थानमा पहिरो तथा पक्की सडक कटानले गर्दा बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किमी सडकमा यातायात ठप्प छ । नदीले घर बगाएपछि तातोपानी र लिपिङका मानवबस्ती पूर्ण रुपमा शून्य भएको छ ।

बाढीले यसअघि एउटा विद्यालय र खाजाघरसहित २२ घर, एउटा बेलीब्रिज र एक झोलुङ्गे पुल बगाएको थियो ।
माथिल्लो भोटेकोसी आयोजनाको बाँधलाई बाढीले क्षति पुर्‍याउनाका साथै विद्युत्गृहका चार सवारी साधन बगाएको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>