Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
हात्ती जिस्काउँदा ज्यान गयोे - Himalkhabar.com

थप समाचारशुक्रबार, आषाढ २४, २०७३

हात्ती जिस्काउँदा ज्यान गयोे

हिमालखबर

Hatti Akraman Ko Mrityu 24 Ashadh 2073 (2)पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको आमलेखगंजमा जंगली हात्तीको आक्रमणबाट एक ट्यांकर चालकको मृत्यु भएको छ ।

जंगलबाट निस्केर राजमार्गमा आइपुगको हात्ती देखेर ट्यांकर चालकले नजिक गएर जिस्काउन थालेपछि आक्रोशमा आएको हात्तीले गएराति करिब ९:१५ बजे ट्यांकरका चालकमाथि आक्रमण गरेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार अमलेखगंज–४ स्थित नेपाल आयल निगमण्को कार्यालय छेउमा पार्किङ गरिएका करिब २० वटा ट्यांकरका चालकहरु समूहमा सडकमा छेउ बसिरहेका थिए ।

जंगली हात्ती एक्कासी सड्कमा आएको देखेर उनीहरुले जिस्काउन थाले । त्यसक्रममा हात्ती लम्किएर चालकहरु भएतर्फ आयो । अरुहरु त भागे तर ना.२.ख.४८८६ नम्बरको ट्यांकर चालक हेटौडा–५ सानोपोखरा बस्ने २५ वर्षीय भानुभक्तलाई भने हात्तीले सुँडले समातेर ३० मिटर पर जंगलभित्र पु¥याएपछि कुल्चेर मार्‍यो ।

गत बर्ष असोजमा पनि नियमित हिडडुलमा निस्केकी आमलेखगंज–४ की ३९ वर्षीया गंगाबल रावललाई हात्तीले सड्कबाट जंगलमा लगेर मारेको थियो ।
उनीसँगै हिँडिरहेका श्रीनारायण धामी भने भागेर ज्यान जोगाउन सफल भएका थिए ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>