समाचारशनिबार, आषाढ २५, २०७३
पत्रकारको पुनःनिर्माण
१२ वैशाखको भूकम्पलगत्तै जेठमा चितवनको लोथर–७, स्यामराङ पुगेको एउटा पत्रकार टोलीले समाचारसँगै अठोट पनि लिएर फर्कियो। त्यो थियो– राष्ट्रिय प्राथमिक विद्यालय पुनःनिर्माण गर्ने।
समाचार र राहत दुई उद्देश्य लिएर राजेश घिमिरे, विनोदबाबु रिजाल, नवराज मिश्र, अनिल ढकाल, विमल खतिवडा, रमाकान्त पौडेल, दिपेन्द्र अधिकारी र कल्पना बस्ताकोटीको टोली स्यामराङ पुगेको थियो। टोलीमा बस्ताकोटीबाहेक सबै पत्रकार थिए।
विद्यालयका दुई कोठा बनाउने अठोट पूरा गर्न टोलीलाई ६ महीना लाग्यो। यसका लागि उनीहरूले हामीले नगरे कसले गर्ने संस्था स्थापना गरे। फेसबूकमार्फत अभियान चलाए। संस्थाको लोगो अंकित टी–सर्ट बिक्री गरे। बल्ल पुग्ने पैसा संकलन भयो।
“रु.१५ लाखमा सकिएला जस्तो लागेको थियो तर बाटो अप्ठेरो भएकाले रु.१८ लाख लाग्यो”, संस्थाका अध्यक्ष विनोदबाबु रिजाल भन्छन्।
पूर्वी चितवनबाट गाडीमा तीन घण्टा र पैदल तीन घण्टा उकालो चढेपछि पुगिने यो प्राविमा १७६ विद्यार्थी छन्। ती सबै चेपाङ जातिका हुन्। नजिकै निमावि नहुँदा प्राविका अधिकांशले कक्षा ५ पछि विद्यालय छाड्ने गरेका छन्।
सबिता श्रेष्ठ
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
