समाचारशनिबार, आषाढ २५, २०७३

बजारमा बेथिति छ, अनुगमन र कार्वाही उत्तिकै जटिल: आपूर्ति मन्त्री पुन

हिमालखबर

ganesh-man-punराजधानीको बजार एक सातासम्म अनुगमन गरेका आपूर्ति मन्त्री गणेशमान पुनले अनुगमन र कारवाही चानचुने ढंगले नहुने भन्दै मन्त्रालय र सरोकारवाला सबै निकाय मिलेर एकीकृत अभियान सञ्चालन गरिनुपर्ने बताएका छन् ।

बजारमा देखिएको बेथिति, अनुगमन र कारवाही जनयूद्ध लड्नु जत्तिकै जटिल रहेको आफूले महसुस गरेको अनुभव सुनाउँदै मन्त्री पुनले यो कार्य कठिन भएको बताए । भने, “जनयूद्ध जटिल थियो । बजार अनुगमन पनि जटिल छ । अहिले यो नै जनयूद्ध हो ।”

उनले अब बजार अनुगमन देशैभरी गरिने भन्दै अनुगमन नगर्ने कर्मचारीमाथि समेत कारवाही गर्ने चेतावनी दिए ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने, “राजधानीमा अनुगमनको क्रममा गुणस्तरहिन र अखाद्य बस्तु विक्री वितरण भईरहेको फेला परेको छ । अब जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुगमन समितिलाई सक्रिय बनाएर देशै भरी एकैपटक अनुगमन कार्य शुरु हुन्छ । यसक्रममा गैरकानूनी काम गर्नेलाई पनि कारवाही हुन्छ, अनुगमन नगर्नेलाई पनि कारवाही हुन्छ ।”

मन्त्री पुनले आगामी आर्थिक वर्षबाट उपभोक्ता हित संरक्षण र बजार अनुगमन अभियान थाल्ने स्पष्ट पार्दै फितलो कानून र मन्त्रालयहरुबीच समन्वयमा नहुँदा जथाभावी भइरहेको बताए ।

पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास सामान्य अवस्था भन्दा बढी आयात गरिएकोले अवस्था समान्य भईसकेको भन्दै उनले राजधानीमा अहिले देखिएको इन्धन अभाव विदाको दिनमा पनि वितरण गर्ने ब्यवस्था मिलाएर सहज बनाउन लागिएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>