समाचारशनिबार, आषाढ २५, २०७३

बस र मोटरसाइकल ठोक्किंदा दुईको मृत्यु

हिमालखबर

तस्वीर: ईश्वरचन्द्र झा

तस्वीर: ईश्वरचन्द्र झा

जनकपुर ढल्केवर सडकखण्ड अन्तगर्त धनुषाको नक्टाझिजमा बसले मोटरसाइकललाई ठक्कर दिदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ ।

मृतकको सनाखत हुन सकेको छैन् ।

दुर्घटनामा मृत्यु भएका दुबैजना मोटरसाइकल चालक र मोटरसाइकलमा पछाडि बसेका ब्यक्ति रहेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

२५ असार बिहान ढल्केवरबाट जनकपुरतर्फ आउँदै गरेको ना ३ ख १७७२ नम्बरको बसले जनकपुरबाट जाँदै गरेको स ५ प १७९९ नम्बरको मोटरसाइकललाई ढल्केवरभन्दा तीनकिलोमिटर दक्षिणस्थित नक्टाझिज चोकमा ठक्कर दिएको हो ।

मृतक एकजना युवा र अर्को अधवैंशे रहेकोे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृतक दुबैजनाको शव पोष्टमार्टमका लागि अञ्चल अस्पताल जनकपुरमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...