समाचारआइतबार, आषाढ २६, २०७३
महामन्त्री कोइराला तंग्रिदै
ओम अस्पतालमा उपचाररत नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।
उनी अहिले राम्रोसँग संवाद गर्न र खानेकुरा खानसक्ने भएको अस्पतालले जनाएको छ ।
कोइरालाको स्वास्थ्यमा सुधार आएकाले अब एकदुई दिनमा हिँडडुल गराइने उपचारमा संलग्न डा हरिकिशोर श्रेष्ठले जानकारी दिए ।
केहीदिनभित्र कोइरालालाई सघन उपचार कक्ष (आइसियु)बाट सामान्य कक्षमा सार्ने अस्पतालको तयारी छ ।
“उहाँको स्वास्थ्यमा धेरै सुधार आएको छ, अब, सघन उपचार कक्षबाट निकालेर डिलक्स वार्डमा सार्छौं, अहिले बाहिर सार्दा भिजिटर धेरै हुने भएकाले आइसियुमै राखेका हौँ” – डा श्रेष्ठले भने ।
स्वास्थ्यमा एक्कासि खराबी आएपछि उपचारार्थ डा कोइरालालाई बुधबार अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि बिहीबार अपराह्नदेखि आइसियुमा राखिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
