अर्थ/बजारआइतबार, आषाढ २६, २०७३
सन्दिपलाई सानिमाको साथ
उदीयमान क्रिकेटर सन्दिप लामिछानेलाई सानिमा ब्याङ्कले दुई वर्ष साथ दिने भएको छ । ब्याङ्कले सन्दिपसँग दुई वर्षका लागि प्रायोजन सम्झौता गरेको हो ।
प्रायोजित रकम मासिक रुपमा सन्दिपलाई उपलब्ध गराइने ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले जानकारी दिए । सन्दिपलाई प्रयोजन गर्न पाउँदा सम्पूर्ण सानिमा परिवार खुसी भएको र प्रोफेसनल क्रिकेट विकासका लागि सबैलाई सहयोग गर्नुपर्ने धारणा ब्यक्त गरे ।
बाङ्गलादेशमा हालै सम्पन्न आईसीसी अण्डर–१९ विश्व कपमा सन्दिपले राम्रो प्रदर्शन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
