समाचारआइतबार, आषाढ २६, २०७३

प्रधानमन्त्रीसँग डा. केसीका प्रतिनिधि वार्ता गर्दै

हिमालखबर

चिकित्सा शिक्षामा सुधारको माग राखी आजैदेखि अनशनको तयारी थालेका प्राडा गोविन्द केसीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताका लागि बोलाएका छन् ।

यद्यपी केसी भने आफू अनशन बस्ने अन्तिम तयारीमा रहेकोे भन्दै आफ्ना प्रतिनिधिलाई वार्ताका लागि प्रधानमन्त्री निवास बालुवाटार पठाएका छन् ।

केसीकातर्फबाट डा जीवन क्षेत्री, डा सुमन आचार्य, डा दिनबन्धु योगी र डा निजन महर्जन छन् ।

प्रधानमन्त्रीले आज दुई बजे वार्ताका लागि डा केसीलाई बोलाएका थिए ।

केसीले आज, २६ असार दिउँसो ३:३० बजे पत्रकार सम्मेलन गरी ४:०० बजेदेखि अनशन शुरु गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...