समाचारसोमबार, आषाढ २७, २०७३

‘केयु काण्डबारे संसदीय छानबिन गरिनुपर्छ’

हिमालखबर

१५ जेठमा काठमाडौ विश्व विद्यालय (केयू)को चिकित्सा शास्त्रतर्फको एमडी/एमएस र एमडिएस कार्यक्रमको परीक्षा विवादका कारण केयूको सिनेट सभा सदस्यबाट राजीनामा दिएका डा.केदारभक्त माथेमा भन्छन्, “केयूको परिक्षा काण्डबारे संसदीय समितिले नै छानबिन गर्नुपर्छ ।”

mathemaकिन राजीनामा दिनुभएको ?
केयूको चिकित्साशास्त्रको स्नातकोत्तर तहको प्रवेश परिक्षा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिएको भन्ने कुरा बाहिर आयो । प्रतिष्ठित संस्थामा लान्छना लाग्यो । तर केयूले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न जरुरी ठानेन । त्यसपछि मलाई पदमा बसिरहन मन लागेन ।

तर, स्वयं केयुका अधिकारीहरु परीक्षामा अख्तियारको संलग्नतालाई सामान्य ठानिरहेका छन् ?
केयुका अधिकारीहरु र सबैले बुझ्नुपर्ने कुरा के हो भने, केयू स्वायत्त निकाय हो । त्यसैले परीक्षा लगायतका सम्पूर्ण गतिविधि ऊ आफैंले गर्नुपर्छ । अख्तियार वा अरु कसैले होइन । यसअघि यस्तो अभ्यास पनि छैन । विश्वविद्यालयको परीक्षामा अख्तियार प्रवेश ठाडो हस्तक्षेंप हो ।

प्रश्नपत्र चुहिएको आंशकामा अख्तियारले लिएको परिक्षामा परिक्षा बोर्डका सदस्यकै छोराले ‘टप’ गरेका छन्, यस्तो कसरी सम्भव भयो ?
परिक्षा बोर्डकै सदस्यका छोरा परीक्षामा सहभागि भएकोबारे पहिले कसैलाई थाहा नहुनुले आंशका जन्माएको छ । नैतिक रुपमा ती पदाधिकारी बोर्डमा बस्नुहुन्न थियो । केयूले यस्ता धेरै आशंकाको निवारण गर्नुपर्छ ।

केयू प्रकरणमा नेपाल मेडिकल काउन्सिलको भूमिका के हुनसक्छ ?
काउन्सिलले त अनुगमन गर्ने हो । प्रश्नपत्र तयार पार्ने र परीक्षा लिने होइन । यो प्रकरणबारे स्पष्ट पार्ने काम त केयूकै हो ।

अब के गर्ने ?
केयू काण्डबारे जनतालाई भ्रममा राख्नुहुन्न । संसदीय समितिले नै छानबिन गर्नुपर्छ । भविष्यमा यस्तो घटना नदोहोरियोस् भनेर अहिल्यै सचेत हुनुपर्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>