समाचारसोमबार, आषाढ २७, २०७३

प्रधानन्यायाधीश कार्कीको शपथ

हिमालखबर

तस्वीर: आनन्दराम डंगोल

तस्वीर: आनन्दराम डंगोल

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा कार्कीले शपथ लिएकी हुन् ।

कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्न गत २८ चैतमा संवैधानिक परिषद्ले गरेको सिफारिसलाई संसद्को सुनुवाइ विशेष समितिले २६ असारमा अनुमोदन गरेको थियो । कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्तीमगर, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, सर्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारका मुख्यसचिव, संवैधानिक र सुरक्षा निकायका प्रमुख, नेपाल बार एसोसिएसनका पदाधिकारीलगायतको उपस्थिति थियो ।

प्रमुख आयुक्त यादवको शपथ
आफूले शपथ लिएलगत्तै प्रधानन्यायाधीश कार्कीले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवलाई राष्ट्रपति भण्डारीको उपस्थितिमा पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

डा यादवलाई गत शुक्रबारको संसदीय सुनुवाइ विशेष समितिको बैठकले नियुक्तिको सिफारिस अनुमोदन गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>