समाचारसोमबार, आषाढ २७, २०७३
पूर्व सहमति कार्यान्वयनका लागि दाहालले ओलीसँग गम्भीर वार्ता गर्ने
माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रधानमन्त्री र अन्य दलहरुसँग वार्ता गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।
अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज बसेको माओवादी केन्द्रको बैठकले सहमतिको सरकार निर्माणका साथै नौ बुँदे सहमति र सरकारको नेतृत्व माओवादीलाई दिने अलिखित सहमतिका विषयमा एमालेसँग छलफल गर्ने निर्णय गरेको हो । माओवादीले ९ बुँदे सहमतिका बेला वर्तमान सरकारले बजेट पेश गरिसकेपछि सरकारको नेतृत्व दाहालले गर्ने एमाले र माओवादीबीच सहमति भएको बताउँदै आएको छ ।
प्रवक्ता पम्फा भुसालका अनुसार विगतमा भएका सहमति एवम् समझदारीलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने र पूर्व सहमतिलाई अक्षरशः कार्यान्वयन गराउने विषयमा एमालेसँग छलफल गर्ने पार्टी हेडक्वार्टरको बैठकले निर्णय गरेको छ ।
आइतबार साँझ एमालेलगायतका सत्तारुढ दलहरुसँग संयुक्त छलफल गरेको माओवादीले सबै पक्षसँग सहमतिको सरकार गठनका लागि द्विपक्षीय तथा बहुपक्षीय छलफल गर्ने निर्णय गरेको प्रवक्ता भुसालको भनाइ छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
