Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सुव्यवस्थित घरमा राष्ट्राध्यक्ष - Himalkhabar.com

रिपोर्टसोमबार, आषाढ २७, २०७३

सुव्यवस्थित घरमा राष्ट्राध्यक्ष

रामेश्वर बोहरा

कार्यकारी राष्ट्रप्रमुखलाई आवश्यक पर्ने सबैखाले भौतिक सुविधा र सुरक्षा सुनिश्चित गरिएको राष्ट्रपति भवन तयार हुँदैछ ।

rastrapati_bhawan

राष्ट्रपतिका लागि निर्माणाधिन नयाँ निवास

कुनै व्यवधान आएन, सबै काम योजना अनुसारै अगाडि बढ्यो भने आउँदो कात्तिक–मंसीरभित्र राष्ट्रपति विद्यादेवी भण्डारी सबै हिसाबले सुरक्षित र सुविधासम्पन्न नयाँ निवासमा सर्नेछिन् । राष्ट्रपतिको सरकारी निवासका लागि चार वर्षअघि शुरू गरिएको भवनसहितको पूर्वाधार निर्माण कात्तिकभित्र पूरा गर्ने लक्ष्यका साथ फिनिसिङको काम भइरहेको छ ।

२०६२/६३ को जनआन्दोलनद्वारा स्थापित संविधानसभाले विधिवत् रूपमा राजसंस्थालाई विदा गरेपछि लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिलाई शीतलनिवासमा राखिएको थियो, त्यहाँ रहेको परराष्ट्र मन्त्रालय हटाएर ।

एउटै भवनमा कार्यालय, निवास र सुरक्षाकर्मीको आवास समेत भएकाले शीतलनिवास कम्पाउण्डभित्रै राष्ट्रपतिका लागि अत्याधुनिक सरकारी निवास बनाउन थालिएको थियो । निकै पुरानो राष्ट्रपति निवासमा १२ वैशाख २०७२ को महाभूकम्पबाट क्षति समेत पुगेकाले कार्यालय समेत सार्नुपर्ने अवस्था छ ।

Sital Niwas_Rameshor.inddगणतन्त्र नेपालको दोस्रो राष्ट्राध्यक्षका रूपमा शीतलनिवास प्रवेश गरेकी भण्डारी कार्यकारी राष्ट्रपतिको परिकल्पनासहित बनाइएको निवास प्रयोग गर्ने पहिलो राष्ट्रपति हुनेछिन् ।

राष्ट्राध्यक्षको ‘पर्फेक्ट’ निवास
प्रथम राष्ट्रपति डा. रामवरण यादवको पालामा शीतलनिवासको दोस्रो तलामा राष्ट्रपतिको कार्यालय बनाएर भुईंतलामा राष्ट्रपति कार्यालयको सुरक्षार्थ खटिएका २१६ जना सैनिकलाई राखियो । राष्ट्रपति निवास र अंगरक्षकका लागि सबभन्दा माथिल्लो तला छुट्याइयो ।

एउटै भवनमा राष्ट्राध्यक्षको कार्यालय, निवास र सैनिक आवास हुँदा गञ्जागोल भएको ठानेर राष्ट्रपति कार्यालयले सबभन्दा पहिला सैनिक आवासका लागि दुई वटा व्यारेक भवन बनायो । भूकम्पले हाइटीको राष्ट्रपति भवन ध्वस्त बनाएको बेला थियो, त्यो ।

राष्ट्रपति कार्यालयका एक अधिकारीका अनुसार, सम्भावित भूकम्पबाट हुनसक्ने क्षतिको समेत आकलन गरेर इन्जिनियरिङ अध्ययन संस्थानका तत्कालीन डीन जीवराज पोखरेल र वरिष्ठ इन्जिनियर शंकरनाथ रिमाल समेतको सल्लाहमा शीतलनिवासलाई रेट्रोफिटिङ गर्ने तयारी भएको थियो । त्यही क्रममा सरकारसँग आग्रह गरेर नयाँ निवास निर्माण प्रक्रिया शुरू भयो ।

नयाँ भवनको सुरसार शुरू हुँदा संविधान निर्माण प्रक्रिया चलिरहेको थियो । नयाँ शासनप्रणाली कस्तो हुने, राष्ट्रपति वा प्रधानमन्त्री को प्रमुख कार्यकारी हुने भन्ने टुंगो लागेको थिएन, तर बहस प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा केन्द्रित थियो । त्यही भएर कार्यकारी राष्ट्रपतिका लागि उपयुक्त हुनेगरिको भवन निर्माण शुरू गरियो ।

Sital Niwas_Rameshor.inddभवन निर्माण शुरू गर्दा राष्ट्रपति कार्यालयका सचिव रहेका पूर्वसचिव वामनप्रसाद न्यौपाने भन्छन्, “कार्यकारी राष्ट्रपतिलाई आवश्यक पर्ने सबै भौतिक पूर्वाधार र सबैखाले सरसुविधा नयाँ भवनमा छ ।”

उनका अनुसार, राष्ट्रपति भवनमा आपत्कालीन स्थितिमा क्याबिनेट बैठक बस्ने हल छ । जस्तोसुकै परिस्थितिमा पनि राष्ट्राध्यक्षलाई सुरक्षित राख्ने गरिका आपत्कालीन सुरक्षाका सबै उपाय अबलम्बन गरिएको छ । भवन डिजाइनको खुला प्रतिस्पर्धामा सर्वोत्कृष्ट हुनेलाई रु.२ लाख नगद पुरस्कार दिइएको थियो ।

डिजाइन स्वीकृत भएपछि विस्तृत सर्वे–डिजाइन गरिएको थियो । नयाँ भवनको डिजाइन टिममा सहभागी आर्किटेक्ट इन्जिनियर श्रीलता मानन्धर भन्छिन्, “पुरानो शीतलनिवास भवनको डिजाइनलाई समेत ख्याल गर्दै नयाँ भवनमा नियो क्लासिकल आर्किटेक्चर र नेवारी (नेपाली) आर्किटेक्चरको फ्युजन ल्याउन खोजेका छौं ।”

भवन निर्माणको लागि मात्र ‘तुन्दी समानान्तर जेभी’ कम्पनीसँग रु.२८ करोड २४ लाखमा ठेक्का सम्झैता भएको थियो । २६ असार २०६९ देखि निर्माण कार्यादेश पाएको तुन्दीले निर्माण कार्य २०७२ पुसमा सक्नुपर्ने भए पनि काम पुरा नभएपछि अवधि थपेर कात्तिक २०७३ सम्म पुर्‍याइएको छ र लागत पनि पुनरावलोकन गरी रु.२९ करोड ४० लाख पुर्‍याइएको छ ।

राष्ट्रपति कार्यालयका निमित्त प्रवक्ता ध्रुवराज आचार्यका अनुसार, भवनको फिनिसिङ, फर्निसिङ, निवाससम्म सडक निर्माण, गार्डेन, हेल्थ क्लब, फायर फाइटिङ युनिट र सीसीटीभी जडानलगायतका कामको जिम्मा समेत तुन्दीले पाएको छ । २४ कात्तिक २०७१ मा शुरू भएर २४ कात्तिक २०७३ मा हस्तान्तरण गर्ने गरी शुरु भएको यो कामको लागि रु.३३ करोड ७५ लाखको सम्झैता गरिएको छ । अर्थात्, राष्ट्रपतिको नयाँ निवास बनिसक्न मूल्य अभिवृद्धि करबाहेक करिब रु.६३–६४ करोड खर्च हुनेछ ।

Sital Niwas_Rameshor.inddभवनमा चारवटा ‘विङ’ हुनेछन् । एउटा विङ राष्ट्रपतिको कार्यालय प्रयोजनको लागि हुनेछ भने अर्को विङमा उनको सरकारी निवास रहनेछ । तेस्रो विङ राष्ट्रपतिको परिवार र पारिवारिक–निजी पाहुनाका लागि हुनेछ । चौथो विङ चाहिं नेपाल भ्रमणमा आउने ‘स्टेट गेस्ट’ हरूका लागि हुनेछ । विदेशी राष्ट्र–सरकार प्रमुखहरू आउँदा अहिलेसम्म होटलमा राखिंदै आएको छ ।

राष्ट्रपति निवासको नयाँ भवनले दुइ हजार १८१ दशमलब ९५ बर्गमिटर क्षेत्रफल ओगटेको छ । यसमध्ये भवनको मध्य भागमा ४५९ दशमलब १० वर्गमिटर खुला ‘कोर्टयार्ड’ राखिएको छ ।

संसारमा जहाँ पनि राष्ट्राध्यक्ष र सरकारप्रमुखका कार्यालय र निवासलाई विशेष महत्व दिइन्छ । राष्ट्रपति र प्रधानमन्त्री संस्था समेत भएकाले तिनका कार्यालय र सरकारी निवासलाई देशको ‘शो पिस’ का रूपमा लिइन्छ । राष्ट्राध्यक्षको सुविधासम्पन्न निवास निर्माणले यही मान्यता आत्मसात् गरेको छ ।

बन्न बाँकी संरचना
यतिखेर देशका प्रमुख कार्यकारी प्रधानमन्त्रीको कार्यालय नै छैन । १२ वैशाख २०७२ को महाभूकम्पले प्रधानमन्त्री कार्यालय क्षतिग्रस्त बनेपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई कामचलाउ प्रधानमन्त्री कार्यालय बनाइएको छ । एक वर्षमा पनि प्रधानमन्त्री कार्यालय निर्माणको काम प्राथमिकतामा पर्न सकेको छैन । देशको प्रमुख कार्यकारीको आफ्नै भवन हुनुपर्छ र त्यो काम यथाशीघ्र हुनुपर्छ भन्ने कुराले पनि महŒव नपाएको एक जना पूर्व सचिव बताउँछन् ।

देशले संसदीय व्यवस्था अंगीकार गरेको छ, तर भाडामा लिइएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा विधायिका सञ्चालन भइरहेको छ । सिंहदरबारस्थित पुरानो संसद् भवनलाई भूकम्पले क्षतिग्रस्त पारेको छ भने नयाँ संविधान अनुसारको संघीय संसद् भवन बनाउने काम सरकारको प्राथमिकतामा देखिएको छैन ।

भूकम्पबाट क्षतिग्रस्त सर्वोच्च अदालत भवन मर्मत गरेर काम चलाउने प्रयास भइरहेको छ, तर उपराष्ट्रपतिको कार्यालय र निवासलाई लथालिङ्ग रहन छोडिएको छ । देशलाई उपराष्ट्रपति आवश्यक छ÷छैन भन्नेबारे छुट्टै बहस हुन सक्छ, तर राष्ट्रिय मर्यादाक्रममा दोस्रो स्थानमा राखिसकेपछि उपयुक्त कार्यालय र निवासको व्यवस्था गर्नेतर्फ ध्यान नदिनु मिल्ने देखिंदैन ।

निर्वाचन आयोग रहेको राणाकालीन चारबुर्जा दरबार टुक्र्याएर उपराष्ट्रपतिको कामचलाउ कार्यालय सञ्चालन हुँदै आएको छ । राणाकालका संरचना नै आधुनिक नेपालको राज्यसंयन्त्र सञ्चालन गर्ने प्रमुख स्थल रहँदै आएको छ । तिनका विकल्पबारे कहिल्यै नसोचिएको पूर्वसचिव वामनप्रसाद न्यौपाने बताउँछन् ।

देश संघीय संरचनामा जाने निधो भइसकेकोले अब बन्ने प्रदेशहरूमा प्रादेशिक संसद् र सरकारी भवनसँगै अरू थुप्रै संरचना तयार पार्नुपर्नेछ । देशको प्रमुख कार्यकारीकै कार्यालय भवन बन्न नसकेको अवस्थाले अनिश्चय उब्जाएको छ– प्रदेशपिच्छेका संरचना बन्लान् र !

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>