समाचारसोमबार, आषाढ २७, २०७३
अदालतको अवहेलनामा तपाईँलाई कारबाही किन नगर्ने ?: लोकमानलाई सर्वोच्चको प्रश्न
सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग गरेको छ । न्यायाधीश गोविन्दकुमार उपाध्यायको इजलासले २७ असारमा यस्तो आदेश दिएको हो ।
पत्रकार कनकमणि दीक्षित माथि विधि र प्रक्रिया अनुरुप मात्र अनुसन्धान गर्नु भन्ने सर्वोच्चको २१ पुस २०७२ काे आदेश थियो । साथै कुनै आयुक्तको निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत निर्णय हुन नसक्ने अदालतको ठहर थियो ।
तर त्यसविपरीत लोकमानसिं कार्कीले पत्रकार दीक्षितलाई गैरकानुनी हिरासतमा राखे । त्यसपछि दीक्षितकी पत्नी शान्ताले गएको २२ बैशाखमा कार्की विरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेकी थिइन ।
उक्त मुद्दाको तेस्रो सुनुवाईमा न्यायाधीश उपाध्यायको इजलासले ‘अवहेलना मुद्दामा किन कारवाही नगर्ने ?’ भन्दै लिखित जवाफ मागेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>