समाचारसोमबार, आषाढ २७, २०७३

डा केसीको सत्याग्रहमा मेडिकल स्टुडेन्ट्स सोसाइटीको समर्थन

हिमालखबर

नेपाल मेडिकल स्टुडेन्ट्स सोसाइटीले डा गोविन्द केसीको सत्याग्रहमा आफ्नो पूर्ण समर्थन र प्रतिवद्ध सहयोग रहेको जनाएको छ ।

सोसाइटीले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रा डा केसी सरको सत्याग्रहमा हामी विद्यार्थीहरुको पूर्णतया समर्थन र प्रतिवद्धता रहेको स्पष्ट पार्दै सम्बन्धित पक्षलाई उहाँका माग यथाशिघ्र सम्बोधन गर्न जोडदार माग गर्दछौं ।”

डा केसी टिचिङ अस्पतालमा अहोरात्र बिरामीको सेवामा खट्ने गरेको, चिकित्सा शास्त्र अध्ययन् संस्थानमा भएका वेथिति हटाउनका लागि आफ्नो ज्यान समेत जोखिममा पार्ने गरेको भन्दै सोसाइटीले अगाडि भनेको छ, “संस्थानको डिन कार्यालयबाट धम्कीको शैलीमा हामी विद्यार्थीहरुको आत्मसम्मानमा आँच पुग्ने गरी ‘डा केसीको अनशनमा समर्थन नगर्नु’ भनी जारी गरिएको विज्ञप्तिको हामी घोर भत्र्सना गर्दै डा केसीको पक्षमा कदम चाल्न तयार रहेको जानकारी गराउँदछौं ।”

सोसाइटीले एकै किसिमका माग राख्दै डा केसीलाई पटक पटक अनशन बस्न वाध्य पारिनु दुर्भाग्यपूर्ण भन्दै यस मामिलामा सरकारले चरम लापरवाही र गैरजिम्मेवारीपन प्रस्तुत गरेको भनेको छ ।

bigyapti1

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>