समाचारमंगलबार, आषाढ २८, २०७३

माओवादीले आजबाट सरकार छोड्दै

हिमालखबर

नेकपा माआवादी केन्द्र आजै सरकारबाट फिर्ता हुने भएको छ ।

“हामी आजै सकारबाट फिर्ता हुँदैछौं, यससम्बन्धमा दुई बजे पत्रकार सम्मेलनबाट सबै जानकारी दिनेछौं,” माओवादी प्रवक्ता पम्फा भूषालले जानकारी दिइन् ।

माओवादी केन्द्रले आफू सरकारबाट बाहिरिने कुरा कांग्रेसलाई पनि जानकारीमा आएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

हिजो, २७ असारमा माओवादी केन्द्रका नेताहरु र कांग्रेस नेताहरुबीच विभिन्न चरणमा छलफल भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...