रमझममंगलबार, आषाढ २८, २०७३
नेपथ्यको अमेरिका भ्रमण सम्पन्न
सांगीतिक समूह नेपथ्यको अमेरिका भ्रमण सम्पन्न भएको छ । एटलान्टा सहरको ‘सेन्टर स्टेज’मा अमेरिका यात्राको दोश्रो कार्यक्रमका रुपमा नेपथ्य प्रस्तुत भएको थियो। यसअघि समूहले लस एन्जलसमा एक साताअघि नेपाली लोक रक सुनाएको थियो।
नेपथ्यले ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘चरि म¥यो’, ‘जोमसोमे बजारमा’ लगायतका गीत प्रस्तुत गरेको थियो । टोली अगुवा अमृत गुरुङले लोकगीतका भाका खोज्दै नेपालका डाँडा काँडा घुम्दाको रमाइलो अनुभव सुनाएका थिए ।
कार्यक्रमको अन्त्य भने गोपालप्रसाद रिमालका शब्दलाई अम्बर गुरुङले संगीतबद्ध गरेपछि गुरुङ र फत्तेमानले गाएको ‘रातो र चन्द्रसूर्य’ गीतबाट भएको थियो।
हाम्रो राष्ट्रिय ध्वजाको महिमा गाउँदै गर्दा अमृतले संसारको जुनसुकै कुनामा बसे पनि हाम्रो झण्डा र हाम्रो जंगी निशानको गरिमालाई कहिल्यै झर्न नदिन अनुरोध गरेका थिए।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>