समाचारमंगलबार, आषाढ २८, २०७३

डा. केसीको अनसनप्रति एमाले निकट चिकित्सक संघको ऐक्यबद्धता

हिमालखबर

Gobinda KC

चिकित्सा शिक्षा सुधारका लागि आठौँ पटक अनशन बसेका त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीको अनसनप्रति राष्ट्रिय चिकित्सक संघ, नेपालले ऐक्यबद्धता जनाएको छ ।

एमाले निकट चिकित्सकहरुको संघले २८ असार दिउँसो बसेको आकस्मिक बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने लगायत सबै मागहरूमा सहमति जनाउँदै ऐक्यबद्धता जनाएको हो ।

संघका तर्फबाट अध्यक्ष डा. सन्तोष पौडेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारसँग पहिले भइसकेका सम्झौता समेत यथाशीघ्र कार्यान्वयन गरी समग्र देशको स्वास्थ्य क्षेत्रको बेथितिको अन्त्यका निम्ति आफ्नो उत्तरदायित्व पूरा गर्न यो संघ जोडदार माग गर्दछ ।”

-रामु सापकोटा 

PR

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...