Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने - Himalkhabar.com

समाचारमंगलबार, आषाढ २८, २०७३

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने

हिमालखबर

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिन नहुने ठहर गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा २८ असार साँझ बसेको सत्तारुढ दलको बैठकपछि उपप्रधान, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सिपी मैनालीले संविधान कार्यान्वयनको अहिलेको समयमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय अप्रत्याशीत र अव्यावहारिक रहेको निष्कर्ष निकालेको बताए ।

मैनालीले गठबन्धन दलहरुसँग कुनै छलफल नै नगरी माओवादीले सरकारबाट बाहिरिने निर्णय गर्नुले मुलुकको स्थिरतामा व्यवधान ल्याउने उल्लेख गरे ।

बैठकमा गठबन्धनमा बाँकी रहेका १५ दल मिलेर अहिलेको चुनौतीको सामाना गर्ने निर्णय भएको उनले जानकारी दिए ।

अर्का उपप्रधान मन्त्री चित्रबहादुर केसीले प्रधानमन्त्रीले राजीनामा नदिने र संसदीय पद्धतिअनुरुप अघि बढ्ने निर्णय भएको बताए । केसीले भने, “यसअघि संविधान बन्न नदिने, वर्तमान सरकार निर्माण हुन रोक्न खोज्ने खेलकै निरन्तरताका रुपमा अहिले सरकार परिवर्तनको खेल भएको हो ।” रासस

तस्वीरः आनन्दराम डंगोल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>