Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
माओवादीले समर्थन फिर्ता गर्नु दुर्भाग्यपूर्ण: एमाले - Himalkhabar.com

समाचारमंगलबार, आषाढ २८, २०७३

माओवादीले समर्थन फिर्ता गर्नु दुर्भाग्यपूर्ण: एमाले

हिमालखबर

नेकपा एमालेले नेकपा माओवादी केन्द्रद्वारा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय देशका लागि दुर्भाग्य भएको ठहर गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज २८ असार साँझ बसेको पार्टीको स्थायी कमिटीको ४० औँ विशेष बैठकले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र आर्थिक समृद्धिको आधारशीला निर्माण गरिरहेको अवस्थामा माओवादी केन्द्रको यस निर्णयले राजनीतिक अस्थिरता उत्पन्न गर्ने र संविधान कार्यान्वयनमा गम्भीर प्रतिकूलता उत्पन्न गर्ने जोखिम पैदा गरेको निष्कर्ष निकालेको एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।

उनले हाल उत्पन्न राजनीतिक समस्याको संविधानसम्मत समाधानको दिशामा अघि बढ्ने पार्टीले निर्णय गरेको जानकारी दिए ।
स्थायी कमिटीको बैठक भोलि पुनः बस्ने र आवश्यक निर्णय गर्ने समेत उनले बताए ।

वर्तमान सरकार बनेयता सुदृढ बनेको राष्ट्रिय स्वाधीनता, स्वाभिमान, राष्ट्रिय हितको रक्षा, आत्मनिर्भरता, सार्वभौमिक समानतामाथि आधारित नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध र प्रधानमन्त्रीको मित्र राष्ट्र भारत र चीन भ्रमणका क्रममा भएका महत्वपूर्ण उपलब्धिलाई समेत यस्तो अस्थिरताले आँच पुग्नसक्ने सम्भावनाप्रति पार्टी गम्भीर बनेको बैठकपछि महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रिय हितको संरक्षण र यसबीचमा सरकारबाट अघि बढाइएका अग्रगामी, जनपक्षीय कार्यक्रमको पक्षमा दृढतापूर्वक अघि बढ्ने एमालेले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “राजनीतिक अस्थिरताको घडीमा राजनीतिक विकृतिले प्रश्रय नपाउन् र आधारभूत राष्ट्रिय हितमा आँच पुर्‍याउने कुनै पनि काम कारबाही हुन नपाओस् भन्ने कुरामा सजग रहन तथा संविधान, राष्ट्रिय हित र एकताको पक्षमा एकताबद्ध भएर अघि बढ्न सबै प्रगतिशील र देशभक्ति शक्तिलाई एमाले आह्वान गर्दद्ध ।”
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>