Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
प्रम ओलीले राजीनामा नगरे बजेट पारित हुन नदिने: माओवादी - Himalkhabar.com

समाचारबुधबार, आषाढ २९, २०७३

प्रम ओलीले राजीनामा नगरे बजेट पारित हुन नदिने: माओवादी

हिमालखबर

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल आफ्नो पदबाट राजीनामा दिन माग गरेको छ ।

केन्द्रको आज बिहान बसेको पदाधिकारी बैठकले प्रम ओलीले पदबाट राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गराउने र व्यवस्थापिका–संसद्बाट बजेट पारित गराउन असहयोग गर्ने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले सञ्चारकर्मीलाई जानकारी दिइन् ।

केन्द्रका अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा बसेको बैठकले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको ठहर गरेको उनले बताइन् ।

माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारले आफूसित भएको नौबुँदे सहमति पालना नगरेको जनाउँदै मङ्गलबार सरकारबाट बाहिरिने निर्णय गरेको थियो । व्यवस्थापिका–संसद्को बैठक आज विहान ११ बजे बस्दैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>