Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कांग्रेस केस बैठक: प्रधानमन्त्री ओलीको राजीनामा माग, सरकार गठनमा माओवादीलाई सहयोग - Himalkhabar.com

समाचारबुधबार, आषाढ २९, २०७३

कांग्रेस केस बैठक: प्रधानमन्त्री ओलीको राजीनामा माग, सरकार गठनमा माओवादीलाई सहयोग

हिमालखबर

आज बिहान बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेको भन्दै राजीनामा दिन माग गरेको छ ।

बैठकले माओवादीसँग भएको ७ बुँदे सहमितलाई अनुमोदन गर्दै माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गर्ने औपचारिक निर्णय समेत गरेको छ ।

बैठकमा कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधिले माओवादीसँग भएको ७ बुँदे समझदारी पत्र पढेर सुनाएका थिए ।

केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार सभापति देउवाले सात बुँदे अनुमोदनको लागि प्रस्ताव गरेपछि प्रकाशमान सिंह र रामशरण महतले पार्टीमा छलफल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

जवाफमा देउवाले माओवादीले यसअघिको जस्तो व्यवहार माओवादीले देखाउन सक्ने भन्दै छलफल नगरिएको बताए।

बैठकमा माओवादी केन्द्रसँग सत्ता साझेदारी गर्ने र हाल पुष्पकमल दाहालले सरकारको नेतृत्व गर्ने स्थानीय निर्वाचनपछि कांग्रेसले नेतृत्व गर्ने बारेमा सहमति भएको पनि बैठकमा जानकारी गराइएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>