समाचारबुधबार, आषाढ २९, २०७३

प्रधानमन्त्रीले तीन बजेसम्म राजीनामा गरुन्ः कांग्रेस र माओवादी

हिमालखबर

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री अल्पमतमा परिसकेको भन्दै आजै तीन बजेसम्म राजीनामा गर्न माग गरेको छ ।

प्रधानमन्त्रीले राजीनामा नगरे संसदमा अविश्वासको मत दर्ता गराउन नेपाली कांग्रेस र माओवादी केन्द्रले आ–आफ्ना सांसदहरुको हस्ताक्षर संकलन समेत शुरु गरिसकेका छन् ।

माओवादी नेता गिरीराजमणि पोखरेलले प्रधानमन्त्रीलाई राजीनामाका लागि तीन बजेसम्मको समय दिइएको बताए ।

सभामुख ओनसरी घर्तीले बोलाएको दलका सचेतकहरुको बैठकमा एमाले सचेतकले प्रधानमन्त्रीले राजीनामा नदिने बताएका थिए भने राजीनामा नगरे तीनबजे संसदमा अविश्वासको प्रस्ताव दर्ता गराउने माओवादीले जनाएको हो ।

माओवादीले हिजो, २८ असारमा मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले सरकार गठनमा माओवादीलाई सहयोग गर्ने र वर्तमान सरकारविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गराउने निर्णय गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>