समाचारबुधबार, आषाढ २९, २०७३
सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइँदै, मधेशी मोर्चाको पनि समर्थन
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विघटन गर्न मधेश केन्द्रित दलहरुले समर्थन गर्ने भएका छन् ।
मोर्चामा आवद्ध सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यवस्थापिका–संसद भवन परिसरमा सञ्चारकर्मीसँग वर्तमान सरकारलाई हटाउन मोर्चाको समर्थन हुने बताए । उनले नयाँ बन्ने सरकारमा भने आफूहरु सहभागी हुने सम्भावना नरहेको जानकारी दिए ।
नयाँ बन्ने सरकारले मोर्चाले उठाएका माग तथा विगतका सम्झौता कार्यान्वयन गर्न कस्तो व्यवहार प्रदर्शन गर्छ, त्यसले सरकारलाई सहयोग गर्ने र सहभागी हुने आधार तय गर्छ उनले भने ।
माओवादी नेता गिरिराजमणि पोखरेलले आफ्नो दलले व्यवस्थापिका–संसद्को आजको बैठक शुरु हुनुअगावै वर्तमान सरकार विरुद्ध अविश्वासको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराउने जानकारी दिएका छन् ।
केन्द्रको पदाधिकारी बैठकले पनि तत्काल प्रम ओलीलाई पदबाट राजीनामा दिन माग गरेको थियो । व्यवस्थापिका–संसद्को बैठक ३ बजे बस्नेछ ।
आज बिहान ११ बजेका लागि बोलाइएको बैठक विशेष कारण जनाउँदै व्यवस्थापिका–संसद् सचिवालयले बैठक स्थगित गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
