Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मधेशी मोर्चा नयाँ सरकारमा सहभागी हुँदैन: महतो - Himalkhabar.com

समाचारबुधबार, आषाढ २९, २०७३

मधेशी मोर्चा नयाँ सरकारमा सहभागी हुँदैन: महतो

हिमालखबर

mahatoसदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नयाँ बन्ने सरकारमा मधेशी मोर्चा सहभागी हुने कुनै सम्भावना नरहेको बताएका छन्।

सीमांकन संशोधन लगायतका मोर्चाका मागहरुको सम्बोधन नभएसम्म मधेशी मोर्चा सरकारमा सहभागी नहुने बताए । उनले चाँडैनै मोर्चाको बैठक बसी परिवर्तित राजनीतिक अवस्थाबारे आधिकारिक निर्णय गरिने पनि जानकारी दिए ।

नयाँ बन्ने सरकारमा मधेशी मोर्चाको भूमिका बारे बताउँदै महतोले नयाँ बन्ने सत्ता गठबन्धनको मधेशबारे धारणा प्रष्ट रूपमा बाहिर आए पछि मात्रै कसरी अगाडि बढ्ने भन्ने निर्णय गरिने बताए।

विगतका सरकारहरूमा नेपाली कांग्रेस र माओवादी दुबैको मधेश प्रतिको दृष्टिकोण विश्वासिलो नरहेको बताउँदै महतोले मधेशी मोर्चा यसपाली धेरैनै सचेत र गम्भीर बनेको बताए।
उनले भने ‘विगतको तीतो अनुभवबाट हामी धेरै सचेत भएका छौं। मधेशी मोर्चाले मधेशको हित हेरेर मात्रै कुनै किसिमको निर्णय गर्ने छ’।

नेपाली कांग्रेस र माओवादी केन्द्र बीच भएको ७ बूँदे सहमतिबारे महतोले दुबै पार्टीबाट आधिकारिक रूपले मोर्चालाई अवगत नगराए सम्म त्यसमा कुनै टिप्पणी नगर्ने बताए।

केपी ओली नेतृत्वको सरकारले वार्ता पत्रमा मात्रै मधेशको मुद्दालाई अल्झाएको आरोप लगाउँदै महतोले सरकारले इमान्दारीपूर्वक प्रयास गर्ने हो भने समस्या समाधान हुने बताए।

उनले कांग्रेस माओवादी गठबन्धनले विगतको गल्ती नदोहराए र इमानदारीपूर्वक समस्या समाधानको लागि अघि बढे देशमा दिगो शान्ति र राजनैतिक स्थायित्व हुने स्पष्ट पारेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>