थप समाचारबुधबार, आषाढ २९, २०७३
सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता: दाहाल प्रस्तावक, देउवा समर्थक
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
आज, २९ असारमा दिउँसो २ः४५ बजे दर्ता गराइएको प्रस्तावका प्रस्तावक पुष्पकमल दाहाल छन् भने समर्थक शेरबहादुर देउवा ।
यसअघि माओवादीले केपी शर्मा ओलीलाई तीन बजेसम्म प्रधानमन्त्री पदबाट राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गराउने अल्टिमेटम दिए पनि संसद बैठक शुरु हुनु अगावै प्रस्ताव दर्ता गराएको हो । प्रसताव दर्ता गराउन संसद सचिवलायमा माओवादी अध्यक्ष दाहाल आफै पुगेका थिए ।
हिजो २८ असारमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । भने दाहाल नेतृत्वमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसले सहयोग गर्ने निर्णय गरिसकेको छ ।