समाचारबुधबार, आषाढ २९, २०७३
बजेट पारितबारेको अलमलले संसद बैठक स्थगित
नयाँ सत्ता गठबन्धनको तयारीमा रहेका कांग्रेस र माओवादीबीच संसदबाट बजेट पारित गर्ने कि नगर्ने भन्नेबारे अलमल भएपछि आजको संसद बैठक स्थगित भएको छ ।
आज बोलाइएको संसद बैठक दलहरुबीच सहमति नबनेपछि बस्दै नबसी ३१ असारसम्मका लागि स्थगित भएको हो ।
माओवादी र कांग्रेसकै नेतहरुमध्ये एकथरीले बजेट सर्वसम्मतीले पारित गर्दा सरकार बहुमतमै रहेको सन्देश जाने भएकाले बजेट पारित हुनबाट रोक्नु पर्ने बताएका छन् भने केही नेताहरुले बजेट रोक्दा संसदीय व्यवस्थामाथि गलत अभ्यासको आरोप लाग्ने बताउँदै आएका छन् ।
एमालेले भने बजेट आजै संसदबाट पारित गरिनुपर्ने अडान राखेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
