Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बेलायती क्लबविरुद्ध नेपालको फराकिलो जित - Himalkhabar.com

समाचारबिहीबार, आषाढ ३०, २०७३

बेलायती क्लबविरुद्ध नेपालको फराकिलो जित

हिमालखबर

बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्यहाँको क्लबसँग भएको पहिलो मैत्रीपूर्ण खेल जितेको छ ।

बुधबार भएको खेलमा लन्डनको क्लब फ्रि फोरेस्टरलाई १२९ रनको फराकिलो रनको अन्तरले हराउँदै आफ्नो अभ्यास सत्रमा नेपालले सुखद शुरुवात गरेको हो ।

इन्डियन जिमखाना मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभर खेल्दै नौ विकेटको क्षतिमा २३५ रनको लक्ष्य खडा गर्‍यो ।
नेपालको सहज जितका लागि उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकरले अर्धशतकीय पारी खेले ।

ओपनर अनिल मल्ल चार रनमा आउट भएपछि नेपालको शुरुवात सुखद रहेन । तर अर्का ओपनर ज्ञानेन्द्रले ७४ रनको पारी खेल भने तेस्रो क्रममा आएका शरदले ५० रन बनाए ।

त्यस्तै कप्तान पारस खड्काले ४०, सागर पुनले २१, राजेश पुलामीले ११, अविजित रहेका राजु रिजाल र सोमपाल कामीले आठ/आठ तथा विनोद भण्डारीले सात रन बनाएपछि नेपालले घरेलु टोलीसामु गतिलो चुनौती पस्कन सक्यो ।

जवाफी ब्याटिङमा आएको फ्रि फोरेस्टरले २९।१ ओभरमै सबै विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो ।

नेपाली बलरहरु विक्रम सोबले चार, सन्दीप लामिछानेले तीन, करण केसीले दुई तथा शक्ति गौचनले एक विकेट लिएपछि फ्रि फोरेस्टर अलआउट भयो ।

संसारकै पुरानो क्लब भनिएको इङ्ल्यान्डको मरिलेबोन क्लबको निमन्त्रणामा त्यहाँ पुगेको नेपाली टोलीले आज जिमखाना क्रिकेट क्लबसँग अभ्यास खेल खेल्दै छ ।

खेलअघि नेपाली टोलीका कप्तान पारसले फ्रि फोरेस्टरका कप्तान ज्याक किङ्सलाई नेपाली खुकुरी उपहार दिएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>