Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
केयूको परीक्षामा अख्तियारको नाङ्गो हस्तक्षेपः केयू प्राध्यापक संघ - Himalkhabar.com

समाचारबिहीबार, आषाढ ३०, २०७३

केयूको परीक्षामा अख्तियारको नाङ्गो हस्तक्षेपः केयू प्राध्यापक संघ

हिमालखबर

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले केयूको प्रवेश परीक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप गरेको स्पष्ट पार्दै अनशनरत डा. गोविन्द केसीको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ ।

संघका  सभापति डा. बिभूती रञ्जन झाद्वारा ३० असारमा जारी विज्ञप्तिमा नेपाल सरकार, सम्बन्धित विश्वविद्यालयहरु, मेडिकल काउन्सिल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जालसाजीका कारण डा. केसीलाई अनशन बस्न बाध्य पारिएकोमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

pradarshan_iom

डा केसीको समर्थनमा प्रदर्शन गर्दै त्रिवि शिक्षण अस्पतालका विद्यार्थीहरु ।

संघले डा केसी र नेपाल सरकारसँग बिगतमा भएका सहमति कार्यान्वयन नभएको र यस पटक काठमाडौं विश्वविद्यालय (केयू) को चिकित्साशास्त्र स्नातकोत्तरतहको प्रवेश परीक्षामा अख्तियारले नाङ्गो हस्तक्षेप गरेको ठहर गरेको छ ।

संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अख्तियार जस्तो राज्यको जिम्मेवार संस्थाद्वारा काठमाडौं विश्वविद्यालयको स्वायत्तता, प्रतिष्ठा र मर्यादामा भएकोे प्रहारको संघ घोर भत्र्सना गर्दछ । साथै विश्वविद्यालयको स्वायत्तता र गरिमाको रक्षा गर्न नसकेकोमा केयू प्रशासन पनि असक्षम र गैर जिम्मेवार रहेको यस संघको ठहर छ ।”

यस्तै, संघले सरकार समक्ष डा. केसीले राखेका सबै माग पूरा गरी उनको जीवन रक्षाकालागि आग्रह गरेको छ ।

अनेरास्ववियु क्रान्तिकारिको पनि समर्थन
यसैबीच अनेरास्ववियु क्रान्तिकारिले पनि डा. केसीको आन्दोलनमा सर्मथन र ऐक्बद्धता जनाउँदै उनले उठाएका मागको सम्बोधन गर्न सरकार समक्ष आग्रह गरेको छ ।

क्रान्तिकारिका तर्फबाट संयोजक सेवन्त राज भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै त्रिवि शिक्षण अस्पताल प्रशासनले डा. केसीलाई अनशन स्थल उपलब्ध नगराएको र स्लाईन पानी जस्तो सामान्य चिकित्सकीय सुविधा नदिएको भन्दै आपत्ति जनाएको छ ।

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघको विज्ञप्ति:

चिकित्सा शास्त्र अध्ययन संस्था, त्रि. वि. वि. का हाड जोर्नी बिशेषज्ञ डा. गोविन्द के. सी. द्वारा ७ औ पटकसम्म चिकित्सा शास्त्र अध्ययन, र शिक्षा र स्वास्थ्य सम्बन्धि राष्ट्रीय र दीर्घकालीन महत्वका बिभिन्न मागहरु राखी गरिएको आमरण अनशन र सो को क्रममा सरकार पक्षसंग बिभिन्न चरणमा भएका सम्झौताहरु कार्यन्वयनमा जानु पर्नेमा, नगई, नेपाल सरकार र सम्बन्धित निकायहरु जस्तै विश्वविधालयहरु, मेडिकल काउन्सिल र अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतबाट जालसाजी, स्वेच्छाचारी, अनैतिक र गैरकानुनी कदमहरु चाली डा. के. सी. लाई पुनः ८ औं पटक पनि सत्याग्रहमा जान बाध्य पारिएकोप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

यस पटकको अनसनको प्रमुख कारक घटनाको रुपमा काठमाडौँ विश्वविद्यालयले लिएको चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तहको प्रवेश परीक्षामा अख्तियारबाट भएको नाङ्गो हस्तक्षप सर्वविदितै छ। यस संघ अख्तियारजस्तो राज्यको जिम्मेवार संस्थाåFरा काठमाडौँ विश्वविBFलयको स्वायत्तता, प्रतिष्ठा र मर्यादामा गरेको प्रहारको घोर भत्सर्ना गर्दछ। साथै विश्वविद्यालयको स्वायत्तता र गरीमाको रक्षा गर्न नसकेकोमा काठमाडौँ विश्वविद्यालय प्रशासन पनि असक्षयम र गैर जिम्मेवार रहेको यस संघको ठहर छ ।

 यस पटक पनि सदाझैँ  डा. के. सी. द्वारा अघी सारिएका ४ मुख्य र विभिन्न सहायक मागहरु मुलुकको चिकित्सा शास्त्र अध्ययन र आम स्वस्थ्य संग प्रत्यक्ष सम्बन्ध राख्ने भएकोले नेपाल सरकार र सम्बन्धित संस्थाहरुले तत्काल कार्यन्वयन गरी डा. गोविन्द के.सी. जस्ता सम्मानित व्यक्तित्वको जीवन रक्षा अनि मुलुकको स्वास्थ्य क्षेत्रमा देखिएको बिकृतिको दिर्घकालिन समाधान गर्न जोडदार मांग गर्दछ। यस संघ डा. के. सी. को कदम प्रति अटल बिश्वास गर्दछ र यस ८ औं पटकको सत्याग्रहको पूर्ण सफलताको कामना गर्दछ ।

  डा. बिभूति रन्जन झा

काठमाडौँ विश्वविद्यालय प्राध्यापक संघ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>