अर्थ/बजारबिहीबार, आषाढ ३०, २०७३

टिभीएसका ५ नयाँ उत्पादन

हिमालखबर

TVSजगदम्बा मोटर्सले टिभीएसका पाँच नयाँ उत्पादन बजारमा ल्याएको छ ।

शंकर गु्रपको जगदम्बाले वार्षिक वितरक सम्मेलन २०१६/०१७ कार्यक्रम आयोजना गरी नयाँ टिभीएस वेगो स्कुटर, टिभीएस एक्सएल–१०० मालगाडी, टिभीएस–डज स्कुटर, टिभीएस भिक्टर मोटरसाइकल र टिभीएस किङ थ्री ह्वीलर सार्वजनिक गरेको छ ।

टीभीएसको आधिकारिक बिक्रेता रहेको जगदम्बाले ल्याएको नयाँ टिभीएस वेगो कम्बी ब्रेकयुक्त छ ।

कम्पनीले शक्तिशाली ४ स्ट्रोक तथा १०० सिसी इञ्जिनयुक्त टिभीएस एक्सएल–१०० प्रतिलिटर इन्धनले ६९ किलोमिटर गुड्ने जनाएको छ ।

त्यस्तै, मोबाइल चार्जर सुविधा र ट्युबलेस टायरयुक्त टीभीएस डज ड्यूरा लाइफ इञ्जिन जडित इण्डोनेशियन उत्पादन भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले शक्तिशाली ३ भल्भ इञ्जिनयुक्त टिभीएस भिक्टरको विशेषता ७६ किलोमिटर प्रतिलिटर माइलेज, ट्युबलेस टायर र चम्किलो ६० वाटको हेडल्याम्प भएको जनाएको छ ।
त्यस्तै, कम्पनीले टीभीएस भिक्टरमा कारको जस्तो ड्यासबोर्ड भएको सेल्फ स्टार्ट र परिस्कृत ब्याट्री सुरक्षा रहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...