समाचारबिहीबार, आषाढ ३०, २०७३
सरकारलाई दिर्घकालीन महत्वका निर्णय नगर्न कांग्रेस र माओवादीको ध्यानाकर्षण
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त विज्ञप्ति जारी गर्दै वर्तमान सरकारलाई दिर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न भनेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले आज जारी गरेको विज्ञप्तिमा माओवादीले सरकारको समर्थन फिर्ता लिइसकेपछि सरकार अल्पमतमा परी कामचलाउको हैसियतमा रहेकोले दैनिक कामकाजका सामान्य काम बाहेक कुनै पनि राष्ट्रिय महत्व राख्ने र दिर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न ध्यानाकर्षण गराएका हुन् ।
विज्ञप्तिमा कांग्रेस र माओवादीसहित १३ राजनीतिक दलले वर्तमान सरकारप्रति अविश्वासको प्रस्ताव दर्ता गराएको पनि उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>