समाचारशुक्रबार, आषाढ ३१, २०७३
बुटवल चौथोे पटक देशकै उत्कृष्ट नगरपालिका
देशभरका २१७ नगरहरुलाई पछाडि पार्दै बुटवल उपमहानगरपालिका लगातार चौथो पटक देशकै सर्वोत्कृष्ट नगर घोषणा भएको छ ।
बिहीबार दिउसो यस्तो नतिजा सार्वजनिक भएको थियो । बिहीबार नै एक बिशेष समारोहका बिच बुटवल उपमहानगरपालिका खुल्ला दिशामुक्त र पूर्ण खोपयुक्त घोषणा भएकोथियो ।
संघीय तथा स्थानीय विकास मन्त्रालय अन्तरगतको वित्तीय आयोगले गरेको मूल्यांकनका आधारमा देशभरका सबै नगर, उप तथा महानगरपालिकामध्ये बुटवल उत्कृष्ट बनेको हो ।
मुल्यांकनमा बुटवलले ९० अंक प्राप्त गरेको छ । धनकुटा ८९ नम्बर ल्याएर दोस्रो र हेटौंडा ८८ अंक ल्याएर तेस्रो भएको छ ।
०६९ साल यता बुटवल लगातार सर्वोत्कृष्ट हुंदै आएको छ । गत बर्ष बुटवल र धनकुटाले बराबर ९१ अंक ल्याएर प्रथम भएका थिए । आयोगले नगरपालिकाहरुले पालना गर्नुपर्ने न्युनतम शर्त, कार्य सम्पादनका सूचक, सुशाशन, कार्यविधि, समूदाय परिचालन, योजना कार्यान्वयन लाई आधार मानेर मुल्यांकन गर्छ ।
बुटवल उप महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत ध्रुबबहादुर खड्काले नागरिकका आवश्यकता मूल्यांकन गरेर योजना बनाउने एबं नीति र विधिमा टेकेर त्यसलाई सम्पन्न गर्ने काम गरेकाले नगर लगातार उत्कृष्ट भईरहेको बताए ।
दीपक ज्ञवाली,बुटवल
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
