अर्थ/बजारशुक्रबार, आषाढ ३१, २०७३
बिओकेएलको कारोबार शुरु
बैंक अफ काठमाडौँ र लुम्बिनी बैंक लिमिटेड एकीकृत भई बिहीबारदेखि संयुक्त कारोबार शुरु भएको छ ।
दुवै ‘क’ श्रेणीका वाणिज्य बैंक एकीकृत भएर कारोबार शुरु गरेको यो पहिलो पटक हो । दुवै बैंकले नेपाल राष्ट्र बैंकमा एकीकरणका लागि संयुक्त निवेदन दिएपछि राष्ट्र बैंकले सैद्धान्तिक सहमति उपलब्ध गराएसँगै ती बैंक एकीकरण भई अब बैंक अफ काठमाडौँ लुम्बिनी लिमिटेडका नामबाट कारोबार शुरु गरेका छन् ।
अब बैंकको चुक्ता पुँजी रु ४९७ करोड पुगेको छ । यसका ७४ शाखा छन् भने ६३ एटीएम काउन्टर, ३३ शाखारहित बैंङ्किङ सेवा र सात वटा एक्सटेन्सन छन् ।
काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले निक्षेपकर्ताको आकर्षण वित्तीय संस्थामा बढ्दै गएको अवस्थामा दुवै बैंक एकीकृत भएपछि निक्षेपको सुरक्षण तथा उत्पादक क्षेत्रमा लगानी गर्न जिम्मेवारी बढेको बताएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
