Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
डा केसीको स्वास्थ्यबारे संवेदनशीलन हुन मानव अधिकार आयोगको आग्रह - Himalkhabar.com

समाचारशुक्रबार, आषाढ ३१, २०७३

डा केसीको स्वास्थ्यबारे संवेदनशीलन हुन मानव अधिकार आयोगको आग्रह

हिमालखबर

DRGKC

राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गरी स्वास्थ्य उपचारमा संवेदनशील हुन सरकारसँग आग्रह गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्ज परिसरमा समग्र स्वास्थ्य क्षेत्रको सुधारको माग राखी २६ असारदेखि आमरण अनशनमा बसेका डा केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि आयोगले प्रेस विज्ञप्तिमार्फत सो आग्रह गरेको हो ।

आयोगले डा. केसीको स्वास्थ्य उपचारको व्यवस्था गर्नका लागि त्रिविवि, शिक्षण अस्पताल, महाराजगन्ज, जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयसमेतलाई पत्राचार गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीद्वारा ३१ असारमा जारी विज्ञप्तिमा भनिएको छ, “व्यक्तिको स्वास्थ्य उपचार जीवनरक्षासँग जोडिएकाले संवेदनशील भई निजको प्रभावकारी स्वास्थ्य उपचार गर्नु÷गराउनु सम्बन्धित पक्षको महत्वपूर्ण जिम्मेवारी हो ।”

“अनुगमनबाट डा. केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन खस्कँदै गएको पाइएकाले स्वास्थ्य उपचार पाउने प्रत्येक नागरिकको अधिकारको सम्मान गरी जीवनरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन आयोग आग्रह गर्दछ”, विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>