Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपाली जनताप्रति दायित्वबोध छ भने संसद्ले माग पूरा गर्छः डा‍. केसी - Himalkhabar.com

समाचारशुक्रबार, आषाढ ३१, २०७३

नेपाली जनताप्रति दायित्वबोध छ भने संसद्ले माग पूरा गर्छः डा‍. केसी

हिमालखबर

drkcडा गोविन्द केसी अनशन बसेको आज छैठौं दिन, उनको स्वास्थ्य अवस्था विग्रंदै गएको डा दिव्यासिंह शाहले बताएकी छन् ।

डा केसी बोल्दै गर्दा मुटुको चाल बढ्दै गरेको नजिकै जोडिएको मोनिटरमा देखिन्छ । उनी आफै पनि सचेत छन् यसबारे । भन्छन, “मलाई धेरै बोल्न नलगाउनुस्, धेरै बोले म चाँडै मर्छु, भ्रष्टहरु खुशी हुन्छन् र हामी आमनेपालीलाई यि भ्रष्टहरुले थप दुख दिन्छन् ।”

“सरकार ढल्ने र बन्नेसँग मेरो सरोकार होइन, मेरा मागहरु संसदबाट सम्बोधन हुन्छन् ।” परिवर्तित राजनीतिक घटनाक्रमबारे प्रतिक्रिया दिंदै उनले भने, “जनप्रतिनिधिले जनताका पक्षमा निर्णय गर्नैपर्छ, यदि उनीहरुलाई तीन करोड नेपाली जनताप्रतिको दायित्वबोध छ भने । सबै माग पूरा नहुँदासम्म म अनशन तोड्दैन ।”

आफ्ना मागहरु संसदले नै पूरा गर्न सक्ने भएकाले सरकार बन्नु र ढल्नुले फरक नपर्ने उनको भनाई छ ।

GKC12

शिक्षण अस्पताल महाराजगञ्जमा टाँसिएको पोष्टर

डा केसी धेरै बोल्न नहुने उपचारमा संलग्न चिकित्सक डा दिब्यासिंह शाहले बताइन् । “भेट्नेहरु पनि टाढै बसे र उहाँलाई बोल्न नलगाए हुन्थ्यो, कमजोर शरीरमा इन्फेक्सनको सम्भावना हुन्छ ।” बोल्दै गर्दा शरीरमा अक्सिजनको लेभल स्वात्तै घट्ने र मुटुको धडकन बढ्ने गरेको उनले जानकारी दिइन् ।

यसअघिका अनशनमा धेरै छेडछाड गरिएका केसीका हातका नशामा समस्या आएको भन्दै डा शाहले इन्फेक्सनको सम्भावना झनै बढेको जानकारी दिइन् ।

केसीको उपचारमा आजबाट मात्रै वरिष्ठ चिकित्सकहरुको टोली खटिएको छ । छैटौं दिनमा उनलाई भेट्न गएका अस्पतालका डिन, डाइरेक्टर र विभागीय प्रमुखहरुलाई केसीले कायर भन्दै हप्काए । उनले भने, “तपाईँहरु कायर हुनुहुन्छ, तपाईँहरु जस्तैका कारणले देशमा भ्रष्टाचार र अनियमितता मौलाएको हो । गल्ती गर्नुभएको छैन भने किन डराउनुहुन्छ ।”

अस्पतालका निमित्त डिन विमालकुमार सिन्हाले डा केसीप्रति आफ्नो सहयोग र समर्थन रहे पनि वाध्यतावस सहयोग गर्न नपाएको बताएका थिए ।

डा केसीलाई आजै नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य, संविधानविद् निलाम्बर आचार्य, त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमा, नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष डा अञ्जनीकुमार झा लगायतले बेग्लाबेग्लै भेट गरी उनको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् ।

यता सरकारले भने आजै संसदमा पठाउने निर्णय गरेको राष्ट्रिय चिकित्सा शिक्षालाई व्यवस्थित गर्न बनेको विधेयक–२०७३ मा डा। केसीको माग समेटिएको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>