समाचारशनिबार, साउन १, २०७३
सांसदलाई उपत्यका नछोड्न कांग्रेसको निर्देशन
नेपाली कांग्रेसले आफ्ना सबै सांसदलाई साउन ६ गतेसम्म उपत्यका बाहिर नजान निर्देशन दिएको छ ।
व्यवस्थापिका–संसद्मा वर्तमान प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई मध्यनजर गर्दै कांग्रेसले आफ्ना सांसदलाई यस्तो ह्वीप जारी गरेको हो ।
कांग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठले आज एक विज्ञप्ति जारी गरी साउन ६ गतेसम्म उपत्यका बाहिर नजान र बाहिर जिल्ला वा विदेशमा रहेका सांसदलाई साउन २ गतेसम्म संसदीय दलको कार्यालयमा हाजिर हुन अपिल गरेका छन् ।
संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावलाई मध्यनजर गर्दै सांसदलाई सजग गराइएको मुख्य सचेतक श्रेष्ठले बताए ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
