समाचारशनिबार, साउन १, २०७३

आइतबार हुने भनिएको न्यायाधीशको संसदीय सुनुवाई स्थगित

हिमालखबर

भोलि २ साउनमा संसदीय सुनुवाई विशेष समितिमा हुने भनिएको न्यायाधीशहरुको सुनुवाई सरेको छ ।

समितिका शाखा अधिकृत अधिराज राईले समिति सदस्यहरूलाई पत्र पठाएर भोलि हुने भनिएको सुनुवाई अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् ।

भोलि सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका पुनरावेदन अदालतका मुख्य न्यायाधीशद्वय दीपकुमार कार्की र केदारप्रसाद चालिसेको सुनुवाई हुने कार्यसूची थियो ।

समिति सदस्य तथा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले सुनुवाई समिति विशेष समिति सभापति कुलबहादुर गुरुङ बिरामी परेकोले सुनुवाई अर्को मितिमा हुने जानकारी पाएको हिमालखबरलाई बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>