Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पौडेलले देउवालाई भने, 'छलफल गरेर मात्रै निर्णय लिनुहोस्' - Himalkhabar.com

समाचारआइतबार, साउन २, २०७३

पौडेलले देउवालाई भने, ‘छलफल गरेर मात्रै निर्णय लिनुहोस्’

हिमालखबर

deuba_poudelनेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल लगायत नेताहरुले केन्द्रीय समितिमा आवश्यक परामर्श गरेर पार्टीका महत्वपूर्ण निर्णय लिन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

वरिष्ठ नेता पौडेलको नेतृत्वमा कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा रामशरण महतले सभापति देउवासँग मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल गरेका थिए ।

देउवा निवास बूढानीलकण्ठमा आज भएको उक्त भेटमा वर्तमान सरकारविरुद्ध व्यवस्थापिका–संसद्माा दर्ता भएको अविश्वासको प्रस्ताव लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको नेता डा महतले जानकारी दिए ।

भेटमा उनीहरुले सबै पक्षसँग आवश्यक सरसल्लाह गरेर शीघ्र पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिन र विभाग गठन गर्न पनि सभापतिलाई सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>