समाचारआइतबार, साउन २, २०७३

शशांक कोइराला दुई दिनपछि घर फर्किने

हिमालखबर

shashank

फाइल तस्वीर

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा सुधार भएकाले दुई दिनपछि घर जानसक्ने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

ओम अस्पतालमा उनको उपचारमा संलग्न डा हरिश जोशीले भने, “अहिले उहाँको स्वास्थ्य स्थिति ठीक छ । नशाबाट औषधि दिनुपर्ने र चिकित्सकको निगरानी राख्नुपर्ने भएकाले अहिलेसम्म उहाँलाई अस्पतालमा राखिएको हो ।” उनले दुई दिनमा औषधिको मात्रा पूरा हुने र त्यसपछि कोइरालालाई घर पठाइने जानकारी दिए ।

अहिले कोइरालाले साधारण खानपान गरिरहेको, उनको रक्तचाप, मुटुको धड्कन पनि सामान्य अवस्था आइसकेको डा जोशीले जानकारी दिए ।
कोइरालाको स्वास्थ्य अवस्था अकस्मात् गम्भीर भएपछि उनलाई गत २१ असारमा ओम अस्पतालमा भर्ना गरिएको थियो । अचेत अवस्था रहेका उनलाई भेन्टिलेटरमा राखी उपचार गरिएको थियो ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...