समाचारसोमबार, साउन ३, २०७३
‘डा केसीका माग पूरा गर्न सरकारलाई निर्देशन दिन्छौं’
व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिको टोलीले अनशनरत डा गोविन्द केसीलाई भेटी उनका मागहरु सम्बोधनका लागि सरकारलाई निर्देशन दिने र संसदमा समेत छलफल गर्ने बताएको छ ।
समितिका सभापति सुशीलकुमार श्रेष्ठको नेतृत्वमा शिक्षण अस्पताल महाराजगञ्ज पुगेको सांसदहरुको टोलीले डा केसीका मागहरु तत्काल पूरा गर्न सरकारलाई निर्देशन दिने जनाएको हो ।
टोलीका सभापति श्रेष्ठले भने, “डा. केसीको माग तत्काल पूरा गर्न हामी सरकारलाई निर्देशन दिन्छौं, यो बिषय संसदमा पनि छलफल गर्छौं ।”
४४ सदस्यीय समितिका १० जना सांसदहरुको समूह डा केसीलाई भेट्न पुगेको हो ।
९ दिन भइसक्यो, अझै किन मौन ?
संसदीय टोली शिक्षण अस्पताल पुग्दै गर्दा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थी र रेजिडेन्ट डाक्टरहरुले लहरै उभिएर अनशनस्थल परिषर घेरेका थिए ।
उनीहरुले ‘९ दिन भैसक्यो, संसद किन मौन ?’ भन्दै नारा समेत लगाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
